सरकारले क्यान्सर न्यूनिकरणका लागि कुनै कसर बाँकी नराख्ने स्वास्थ्यमन्त्री बस्नेतको घोषणा

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले क्यान्सर रोग न्यूनिकरणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।

आईतबार विश्व क्यान्सर रोग दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले क्यान्सर रोग तत्काल उन्मुलन गर्नसक्ने अवस्था नभएको उल्लेख गर्दै त्यसको न्यूनिकरणका लागि सरकारले कुनैपनि कसर बाँक‍ी नराख्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

उनले क्यान्सर न्यूनिकरणका लागि आ-आफ्नो ठाउँबाट सकेको योगदान पुर्‍याउन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिए। उनले सम्बन्धित निकायले सचेत भएर काम गरे क्यान्सर रोग नियन्त्रण गर्न कुनै कठिनाई नहुने समेत स्पष्ट पारे।

मन्त्री बस्नेतले भने, ‘क्यान्सर रोगलाई यो देशबाट न्यूनिकरण गर्दै जाने कुरामा अहिले हामी उन्मुलन त तत्कालै भन्न सक्दैनौं। न्युनिकरण गर्दै जाने कुरामा धेरै ठूलो मद्दत मिल्छ भन्ने कुरामा मैले विश्वास गरेको छु। यसमा हामी आ–आफ्नो क्षेत्रबाट जे सक्छौं, जति सक्छौं। कसैले खट्न सक्लान्, कसैले बुद्धि दिनुपर्ला। यसमा लामोलामो समयदेखि काम गरेर बस्नुभएका व्यक्तित्वहरु यहाँ अहिले उपस्थिति हुनुहुन्छ। यसले नेपालमा क्यान्सर रोगका बिरुद्ध लड्नका लागि एउटा महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ। त्यसको निम्ति जग तयार पार्नेछ। त्यही जगको आधारमा आगामी दिनमा हामीले त्यो रोग बिरुद्ध लड्नेछौं। यसका लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकि हुनेछैन। मैले अहिले यति कुरा निवेदन गर्न चाहन्छु।’

त्यस अवसरमा मन्त्री बस्नेतले सरकारले क्यान्सर रोगविरुद्ध लड्न एकीकृत रणनीतिक योजना बनाउने पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर