आगोले जलेर दाजु र बहिनीको मृत्यु

खत्याड गाउँपालिका-२ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालको छोरा १४ वर्षीय बिशाल सन्ज्याल र छोरी १२ वर्षीया झरना सन्ज्यालको आगलागीमा जलेर गएराति मृत्यु भएको छ ।

सरस्वतीले आफ्नै जस्तापाताले छाएको कच्ची घरको भुई कोठामा आगो बाली सुतीरहेको अवस्थामा आगलागी भएको तथा घरभित्र रहेका उनको छोरारछोरी फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रातापानी तथा प्रहरी चौकी श्रीकोटरोल समेतबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोग आगलागी निभ्याउने क्रममा दुवै जनाको शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *