बेलायती राजा चार्ल्सलाई क्यान्सर

बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ। ७

बकिङहम दरबारले सोमबार एक वक्तव्य जारी गर्दै ७५ वर्षीय राजा चार्ल्सलाई उपचारका क्रममा क्यान्सर पत्ता लागेको बताइएको छ।

दरबारले उनको उपचारपनि सोमबारबाटै सुरु भइसकेको पनि जनाएको छ ।

प्रोस्टेट शल्यक्रिया गरेर गत सातामात्र अस्पतालबाट डिस्चार्ज भएका राजा चार्ल्सलाई त्यहीँ बेला क्यान्सर भएको पत्ता लागेको हो। तर, कस्तो प्रकारको क्यान्सर हो भन्ने कुरा दरबारले खुलाएको छैन। तर, उनलाई प्रोस्टेट क्यान्सर भने नभएको दरबारले स्पष्ट पारेको छ।

राजा चार्ल्सले उपचार गरिरहँदा सार्वजनिक समारोहमा आफ्नो संलग्नता स्थगित् गर्ने तर, राज्यको कामलाई सामान्य रूपमा जारी राख्ने पनि उक्त विज्ञप्तीमार्फत बताइएको छ।

राजा चार्ल्सले आफ्नो स्वास्थ्य अवस्थाबारे छोराहरू प्रिन्स विलियम, प्रिन्स ह्यारी र भाइबहिनीहरू राजकुमारी एनी, प्रिन्स एन्ड्र्यू र प्रिन्स एडवर्डलाई जानकारी गराएको समाचार एजेन्सी बीबीसीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर