शैल्यशिखरका ‘दादागिरी’वाला इन्जिनियर धामी, यसरी धम्क्याएर काम गराउछन्

दार्चुलाको शैल्यशिखर नगरपालिकामा कार्यरत इन्जिनियर योगेशसिंह धामीले नगरपालिकाकै कर्मचारीलाई धम्क्याएर काम गराउन खोजेको पाइएको छ।

इन्जिनियर धामीले नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) विजय बिष्टलाई विभिन्न धम्की दिएर काम गराउन खोजेको केही प्रमाणहरू पर्दाफासलाई प्राप्त भएका छन्।

नगरपालिकामा फर्जी बिल भुक्तानीका लागि लेखापाल बिष्टले कडाई गरेपछि इन्जिनियर धामीले विभिन्न धम्की दिँदै काम गराउन खोजेको पाइएको छ।

मोटरसाइकल मर्मत गरेको भन्दै नगरपालिकाका हाकीमबाट तोक लगाएर लेखापाल बिष्टसँग पुगाइएको फर्जि बिल भुक्तानी लेखापालले नगरेपछि इन्जिनियर धामीले धम्की दिएका हुन्।

हाकीमले तोक लगाएको बिलमा भुक्तानी हुनका लागि प्रमाण नपुगेपछि लेखापाल बिष्टले इन्जिनियर धामीको बिल रोकेको प्रमाण पर्दाफाससँग सुरक्षित रहेको छ।

भुक्तानीका लागि इन्जिनियर धामीले पटकपटक फोन गरेको, म्यासेज गरेको र राती समूहमा गएर भेटेरै धम्की दिएको लेखापाल बिष्टको आरोप छ।

इन्जिनियर धामी र सब-इन्जिनियर सुनिल रावलसहितको समूहले गत पुष २८ गते राति करिब साढे १० बजेतिर जाडरक्सी सेवन गरेर राति नै कार्यालयमा गएर चेक काट्न धम्की दिएको लेखापाल बिष्टको भनाइ छ।

त्यस्तै, इन्जिनियर धामीले लेखापाल बिष्टलाई म्यासेजमा ‘….फोन काट्दै छस्…भोलि बस्नु छ की नाई । फोन गर’ समेत लेखेर धम्की दिएका छन्।

यसरी मानसिक तनाव र ज्यान जोखिममा रहेको भन्दै लेखापालको काम गर्न नसक्ने र न्याय पाउँ भन्दै गत पुष २९ गते लेखापाल बिष्टले नगरपालिकाका हाकिमलाई निवेदन पनि गरेका थिए।

बिष्टले इन्जिनियर धामीलगायतको विषयलाई लिएर इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा पनि उजुरी गरेको स्रोतले पर्दाफासलाई बताएको छ।

तर, इन्जिनियर धामीले पर्दाफासँग भने कर्मचारीको तवरले मात्रै भेटघाट भएको र आफूले नधम्क्याएको दाबी गरे। उनले भने, ‘मैले दबाब दिएन। एक शब्द पनि बोलेन। त्यो मासेजपनि मेरो हैन।’

यस्तै, इन्जिनियर धामीले आफूसँगको रिसका कारण लेखापाल बिष्टले प्रहरीमा उजुरी दिएको बताए।

शैल्यशिखर : वडाध्यक्ष डाँगाको लेखापाललाई ‘मारी’ दिने धम्की (अडियोसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *