सहायक सेनानी पदमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

सहायक सेनानी पदमा बढुवा भएका दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

मङ्गलबार नेपाली सेनाको साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार/सुबेदारहरूलाई प्रधानसेनापति प्रभुराम शर्मा जङ्गीअड्‌डामा आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ति गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा गर्नुपर्ने व्यवस्था अनुरूप बढुवा भएका प्रमुख सुबेदार/सुबेदार ३२ जना मध्ये विभिन्‍न संयुक्त राष्ट्रसंघीय मिसन (शान्ति सेना) मा खटिएका ९ जना बाहेक २३ जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको सेनाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *