नेपालको पाँचवर्षे ‘पार्टनरसीप फ्रेमवर्क’ बनाउँदै विश्व बैंक

राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’का विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी पाँचवर्षे ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’बारे आज छलफल गरेको हो ।

छलफलमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विश्व बैंकलगायत विकास साझेदारहरूका कतिपय कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । विकास-निर्माणका परियोजनालाई नयाँ ढङ्गले कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । साथै उनले सबै पुराना कार्यक्रमहरूलाई निरन्तरता दिन नहुने बताएका छन् ।

“पुराना कतिपय सफल नभएका कार्यक्रमहरूलाई बन्द वा पुनःसंरचना गर्नुपर्छ, उत्पादन र रोजगारी वृद्धिका लागि नयाँ कार्यक्रम बनाउनुपर्छ ” उपाध्यक्ष डा. श्रेष्ठले भने, “यसका लागि विश्व बैंकको सहयोग अपेक्षा गरिएको छ ।” 

विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने सञ्चालक व्यवस्थापक लाडा स्ट्रेलकोवासले आयोगले बनाइरहेको नेपालको १६औँ योजना र विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्कबीच तादात्म्य कायम गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर