गुल्मीको नयाँगाउँमा नवनिर्मित प्रहरी चौकी भवन उद्घाटन

गुल्मीको नयाँगाउँमा प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। धुर्कोट गाउँपालिका–१ नयाँ गाउँमा निर्माण भएको प्रहरी चौकी भवनको प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले उद्घाटन गरेका हुन्।

भवनको उद्घाटन गर्दै कडायतले नेपाल प्रहरीलाई पूर्वाधार, सीप, सुविधा र प्रविधिमा अब्बल बनाउँदै लैजानुपर्ने बताए। उनले प्रहरी आफैँलाई पनि काममा उच्च मनोवल प्राप्त हुने र नागरिकमैत्री सेवा प्रवाह गर्न पूर्वाधारको ठुलो भूमिका हुने बताए।

आफ्नै जग्गामा अर्जुन बिल्डर्स एण्ड कन्स्ट्रक्सनले दुई करोड ९९ लाख १९ हजार सात सय रुपैयाँको लागतमा चौकीको भवन निर्माण गरेको थियो। ०७९ पुसमा निर्माण कार्य अघि बढेको चौकीको काम ०८० पुस १४ गते सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

कार्य प्रशासन शाखा, महिला पुरुषको व्यारेक, भान्सा तथा चर्पीसहितको आधुनिक भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी नवीनकिशोर प्रधानले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *