माओवादी केन्द्रको बिधान सम्मेलन आज देखी सुरू

नेकपा माओवादी केन्द्रको बिधान सम्मेलन आजबाट सुरू हुदैँछ ।

नेपाल प्रज्ञा भवन, कमलादीमा उक्त अधिवेसन सुरू हुनेछ । अधिवेसन बिहान ११ बजे देखी बोलाइएको छ ।

जम्बो केन्द्रिय समिति निर्माण गरेको माओवादीले बिधान अधिवेसनबाट १ सय ९९ सदस्सीय केन्द्रिय समिति बनाउने प्रस्ताव पेश गर्दैछ । गत शनिवार सम्पन्न स्थायी कमिटी बैठकले सो प्रस्ताव प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाइ दिएको थियो ।

जसअनुसार आजबाट सुरू हुने बिधान अधिवेसनमा १ सय ९९ सदस्सीय केन्द्रिय समितिको प्रस्ताव हुन लागेको हो ।

गत आइतवार र सोमवार सम्पन्न केन्द्रिय कमिटीको बैठकमा केही समय अघि माओवादीले सञ्चालन गरेको रूपान्तरण अभियानका बारेमा समिक्षा गरेको थियो । सो अभियानले माओवादीलाइ थप बलियो बनाएको जनाउँदै केन्द्रिय समिति बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धनले पार्टीलाइ घाटा भएको जनाउँदै पुनर्बिचार गर्नु पर्नेमा जोड गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर