पर्दाफास समाचार प्रभाव : शैल्यशिखरका प्रशासकीय प्रमुखको दोहोरो जिम्मेवारी खोसियो

अनियमिततामा अख्तियारको चासो

दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत पुष्करसिंह धामीको दोहोरो जिम्मेवारी खोसिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धामीलाई शैल्यशिखर नगरपालिकाको जिम्मेबारीबाट हटाएको हो।

अधिकृत धामीलाई हिजो (१ फागुन)को निर्णयअनुसार नगरपालिकाबाट हटाएको पत्रको चलानी नम्बर १५६३ रहेको छ। उनी नौगाड गाउँपालिका र आफ्नै बुवा मेयर रहेको शैल्यशिखर नगरपालिकाको दोहोरो जिम्मेवारीमा थिए।

पर्दाफासले उनले गरेका अनियमितताका फेहरिस्त श्रृंखलाबद्व प्रकाशन गरेको थियो। फर्जी बिल र अन्य अनियमितताका सम्बन्धमा प्रकाशित समाचारका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाललेसमेत अनुसन्धान सुरू गरेको छ।

शैल्यशिखरका मेयर विजयसिंह धामीलाई समेत नियम विपरित काम कारबाहीका सम्बन्धमा अनुसन्धान भइरहेको आयोगस्रोतले पर्दाफासलाई बताएको छ।

अधिकृत धामीले गरेका केही ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियारको क्षेत्रीय कार्यायलय महेन्द्रनगर कञ्चनपुरमापनि उजुरी परेका छन्।

शैल्यशिखर नगरपालिकामा भइरहेका गतिविधिमा पर्दाफासका समाचारहरु : 

बुवा मेयर भएको पालिकामा छोरा हाकिम र भतिजो इन्जिनियरको राज : यसरी गर्छन् ‘अनियमित’ काम

शैल्यशिखरका ‘दादागिरी’वाला इन्जिनियर धामी, यसरी धम्क्याएर काम गराउछन्

शैल्यशिखर : वडाध्यक्ष डाँगाको लेखापाललाई ‘मारी’ दिने धम्की (अडियोसहित)

शैल्यशिखर : एउटा एम्बुलेन्स चलाउनका लागि ३ ड्राइभर

शैल्यशिखर नगरपालिका : फर्जी कागजपत्र र बिलकै बिगबिगी

शैल्यशिखरका कार्यकारी प्रमुख धामीको दोहोरो जिम्मेवारीको विषय केही दिनमै टुंगिन्छ : मन्त्रालय

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *