७ करोड ७७ लाख बढी रकम ठगेको आरोपमा ४ जना पक्राउ

७ करोड ७७ लाख बढी रकम ठगेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेका ३३ वर्षीय कुमार थापा, स्याङ्जाका ४२ वर्षीय मिना दमै, सिन्धुलीका ४३ वर्षीय रविनकुमार थापा र सप्तरीका ३९ वर्षीय दिलीपकुमार लाभ छन्।

उनीहरूलाई ७ करोड ७७ लाख ५९ हजार रुपैयाँ ठगेको आरोपमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरूले ठगी गर्न विभिन्न बहाना बनाएर मानिसहरूको विश्वास जित्ने गरेको पाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर