एपीएफ अस्पताल बलम्वुमा ‘अन्कोलोजी युनिट’ स्थापना

सशस्त्र प्रहरी नेपालको नेपाल एपीएफ अस्पताल बलम्वुमा ‘अन्कोलोजी युनिट’ स्थापना गरिएको छ। अस्पतालको २२औँ वार्षिकोत्सवको अवसर बुधबार ‘अन्कोलोजी युनिट’ को स्थापना गरिएको हो।

उक्त युनिटको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र प्रहरी परिवार महिला संघकी पूर्व केन्द्रीय अध्यक्ष कल्पना थापाले पूर्व सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय सहवीर थापाको स्मृतीमा स्थापना गरिएको ‘सहवीर थापा अन्कोलोजी युनिट’को संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

अन्कोलोजी युनिट संचालनको लागि स्थापना गरिएको अक्षयकोषमा महानिरीक्षक अर्याल तथा उनको परिवारको तर्फबाट ५ लाख रुपैयाँ र अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले समेत सहयोग रकम प्रदान गरेका हुन्।

त्यस्तै,महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पताल बलम्वुमा निर्माण भएको नयाँ इमरजेन्सी भवनको समेत उद्घाटन गरेका छन्।

यस्तै महानिरीक्षक अर्यालले अस्पतालमा कार्यरत एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा रुपक महर्जनलगायत अन्य कर्मचारीलाई आइजी एपीएस कमन्डेसन प्रदान गरेका थिए।

सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पतालको विविध गतिविधिहरु समेटि तयार पारिएको ‘अस्पताल प्रतिबिम्ब २०८०’को विमोचन समेत गरेका थिए।

महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पताललाई आजको अवस्थासम्म ल्याई पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गर्दै अस्पतालमा कार्यरत कर्मचारीहरुलाई प्रविधि र सीपको नविनतम विकासहरुलाई आत्मसाथ गरी आगामी दिनहरुमा समेत स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध भई निरन्तर लागि रहन निर्देशन दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर