ओलीको व्यङ्ग : प्रधानमन्त्रीजीले अस्ति नै २/४ पटक गज्जबसँग खोक्नुभयो

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियाबारे प्रधानमन्त्री पुष्पकमल दाहालमाथि व्यङ्ग गर्दै २/४ पटक गज्जबसँग खोकेको बताएका छन्।

बुधबार पार्टी निकट विद्यालय संगठन अनेरास्ववियुले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले योग्यजतिलाई छाडेर त्रिभुवन विश्वविद्यालय (त्रिवी) को उपकुलपतिको सर्टलिष्ट बनाएको आरोपसमेत लगाएका छन्।

अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्रीजीले अस्तीनै २÷४ पटक खोक्नुभयो। गज्जवसँग खोक्नुभयो। खोकेको भन्छन के त्यसलाई। कुराले खोकेको नि। उहाँले खोक्नु भयो–अब विश्वविद्यालयमा मेरिटोक्रेसी लगाईन्छ। दलीय आधारमा हुँदैन भनेर। अहिले जुट सर्टलिष्ट उहाँहरुले बनाउनु भएको छ। योग्यजतिलाई छाड्नुभएको छ। गठबन्धनका आसेपासेहरु, वरपर बस्नेहरु, अयोग्य सावित भइसकेकाहरु, अयोग्य हुनेपछि पनि योग्य नहुने, यस्ता ठाउँमा जिम्मेवारी दिन नहुने भनिएकाहरु, नचाहिने काम गरेकाहरु ठाडै राजनीतिक दलका सेवा गरेर हिँड्नेहरु त्यस्ताहरुको सटिङ गरेर अब उहाँको मेरिटोक्रेसी पहिला नै देखियो। गठबन्धनको पक्षमा हुनुपर्ने, गठबन्धनका लागि अनुचित, अपवित्र क्रियाकलाप गरिसकेका प्रमाणितहरु हुनुपर्ने भन्ने देखिसकियो। छानिएका मानिसहरुलाई मैले केही भन्नु छैन। उनीहरु त्यसै गरेर खाई आएका हुन। ठिकै छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर