ठुलाे परिमाणमा विदेशी मुद्रासहित दुई पाकिस्तानी नागरिक पक्राउ

प्रहरीले ठुलो परिमाणमा अवैध विदेशी मुद्रासहित दुईजना पाकिस्तानका नागरिकलाई नियन्त्रणमा लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले करिब १ करोड नेपाली रुपैयाँसहित दुईजना पाकिस्तानीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार बुधबार साँझ ७ बजे फ्लाई दुबई एयरलाईन्सको उडान नम्बर एफजेड ५७५ मा दुबईबाट नेपाल आएका पाकिस्तानी पुरुष नागरिक राहदानी नम्बर एचएफ ११६२४०३ बाहक ३१ वर्षका याशिन अहमद र राहदानी नम्बर एसी ८३४८२४३ बाहक ४८ वर्षका मोहम्मद अदनान लखानीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटमा उनीहरुलाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथवाट डेनमार्क मुद्रा डेनिश क्रोन पाँच लाख करिब नेपाली रुपैयाँ ९५ लाख ४३ हजार ३ सय ८४ रुपैयाँ बरामद गरेको हो ।

प्रहरीले नियन्त्रणमा लिएका दुबैलाई एकरात प्रहरी वृत्त गौशाला राखेर आज आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग पठाउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *