नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दू राष्ट्र एजेण्डा!

नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दू राष्ट्रलाई एजेण्डा बनाएर छलफलमा लैजान दबाब बढदै गएको छ । राजनीतिक सन्तुलनका लागि संवैधानिक प्रजातन्त्रबाट एकाएक गणतन्त्रको संरक्षक बन्न पुगेको कांग्रेसभित्र सनातन हिन्दू राष्ट्रको एजेण्डालाई स्थानदिन २२ जना केन्द्रीय सदस्यले माग गरेका हुन् ।

यसको नेतृत्व केन्द्रीय सदस्य शंकर भण्डारीले गरेका छन् । समर्थनमा केन्द्रीय सदस्यहरु देवेन्द्रराज कँडेल, प्रकाश रसाइली, डा डिला संग्रौला र मुक्ताकुमारी यादव लगायत २२ जना रहेका छन् ।

७ फागुनदेखि सुरु हुने महासमिति बैठकको एजेण्डा तय गर्न बिहीबारदेखि कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ । बैठकमा मुख्य तीन वटा दस्तावेज पेश भएको छ ।

ती दस्तावेजमा असहमत २२ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई भेटेर महासमिति बैठकमा छलफल गरेर सनानत हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्ने पूरक प्रस्ताव बुझाएका हुन्।

केन्द्रीय कार्य समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा हिन्दूराष्ट्रको एजेण्डा समावेश नभएकोमा उनीहरुले चिन्ता ब्यक्त गरेका छन् ।

उनीहरुले शनिबार सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियान घोषणाको तयारी गरेका छन् । उनीहरुले महासमिति बैठकबाट कांग्रेस वैदिक सनातन हिन्दु धर्मको पक्षमा उभिनुपर्ने माग गरेका छन् ।

‘तपशीलका केन्द्रीय कार्य समितिका सदस्यहरुले महासमितिको बैठकबाट छलफल गरेर सनातन हिन्दुराष्ट्रको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पूरक प्रस्तावको रुपमा वैदिक सनातन हिन्दू धर्मको पक्षमा यो प्रस्ताव पेश गरेका छौं’, सभापतिलाई बुझाइएको प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर