भारतद्वारा मौसम उपग्रह प्रक्षेपण

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) ले शनिवार नयाँ मौसम उपग्रह इनस्याट—थ्रिडिएस उपग्रह प्रक्षेपण गरेको छ ।

जियोसिंक्रोनस लन्च भेइकल रकेटमा सवार मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट साँझ ५ः३५ मा उडेको थियो ।

रकेटले सफलतापूर्वक भू–सिंक्रोनस ट्रान्सफर अर्बिटमा उपग्रहलाई पु¥याएको छ ।

आइएसआरओका अनुसार, उपग्रह परिष्कृत मौसम विज्ञान अवलोकन र मौसम पूर्वानुमान र प्रकोप चेतावनीको लागि भूमि र समुन्द्र सतहहरूको निगरानीको लागि डिजाइन गरिएको हो ।

२ हजार २ सय ७४ केजी तौल भएको उक्त स्याटेलाइटले भारतको मौसम विज्ञान विभागलगायत पृथ्वी विज्ञान मन्त्रालयअन्तर्गतका विभिन्न विभागलाई सेवा दिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर