कमाण्ड तथा स्टाफ तालिमका अधिकृतहरूबाट प्रहरी मुख्यालयकाे भ्रमण

सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित कमाण्ड एण्ड स्टाफ कोर्समा  तालिमरत ६२ जना अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयको मंगलबार अवलोकन भ्रमण गरेका छन् ।

अवलोकन भ्रमणमा सहभागीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले स्वागत गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराएका थिए ।

हभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्राहलय समेतको अवलोकन गरेका थिए । नेपाल प्रहरीसँग सम्बन्धित ‘विलिभ इन ब्लु’ नामक वृतचित्रको समेत प्रस्तुतीकरण गरिएको थियो ।

एसएसपी कार्कीले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । उनले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरुपण गरेका थिए।

समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठनबीच आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी ढंगले यसको निरन्तरता हुने कार्कीले बताएका छन् ।

नेपाली सेनाका सह–सेनानी राकेश बस्नेतले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गरेका थिए ।

तालिमरत अधिकृतहरूमा २ जना महिला र ६० जना पुरूषको सहभागिता रहेको थियो । जसमध्ये भारत, पाकिस्तान, कोरिया, माल्दिभ्स, केन्या र नाईजेरीयाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूकोसमेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर