जग्गाको गलत सिफारिस गरेको आरोपमा बाराका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको गलत सिफारिस गरेको आरोपमा वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बाराको पचरौता नगरपालिका–४ का वडाध्यक्ष कन्हैयालाल यादवविरुद्ध आज अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले जग्गा बिक्रीकर्ता विद्या यादव र खरिदकर्ता बृजकिशोरप्रसाद यादव र अवध किशोर यादविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यादवले साविक बेलदारी गाविस–४ को कित्ता नम्बर १७३ को सडकले छोएको जग्गालाई नछोएको भन्दै सिफारिस दिएको अख्तियारको आरोप छ ।

गलत सिफारिसका कारण खरिदकर्ता र बिक्रीकर्ताले तिर्नुपर्ने रजिस्ट्रेसन शुल्क र पुँजीकर लाभकर बापत राज्यकोषलाई ८ लाख ११ हजार रुपैयाँ हानि पुगेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *