राप्रपा कार्यालयमै कुटिए पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालयमै सशस्त्र प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको छ ।

राप्रपा कार्यसम्पादन समितिका सदस्यसमेत रहेका श्रेष्ठले आज समितिको बैठकको क्रममा राप्रपाका महामन्त्री विक्रम पाण्डेलाई ‘भ्रष्टाचारी’ को आरोप लगाएका थिए । पछि बैठकबाट बाहिरिएका श्रेष्ठलाई पाण्डेका समर्थकले हातपात गरेको भिडियोसमेत सार्वजनिक भएको छ ।

राप्रपाले आज कार्यसम्पादन समितिको बैठक आह्वान गरेको थियो । बैठकमा बोल्ने क्रममा श्रेष्ठले महामन्त्री पाण्डेलाई भ्रष्टाचारी भन्दै आरोप लगाएपछि उनी उत्तेजित भएका थिए । बैठकमा तनावको स्थिति भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले दुवै पक्षलाई सम्झाउनु परेको थियो ।

लिङ्देनले यो विषयलाई गम्भीर रुपमा लिने भनेपछि पाण्डे शान्त भएका थिए भने अन्य नेताले पनि पाण्डेमाथि आरोप लगाएकोमा दुःख व्यक्त गरेका थिए । त्यसपछि बैठकबाट नेताहरु बाहिरिएपछि पाण्डे समर्थक श्रेष्ठमाथि कुटपिटमा नै उत्रिएका हुन् । पछि अन्य नेताहरुले आक्रोशित समूहलाई शान्त पारेको थियो ।

पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले घटनामा संलग्नलाई पार्टीले कारबाही गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर