कांग्रेसको मार्गचित्र सरकारले छोडे अर्थतन्त्र अप्ठ्यारोमा पर्छ: महत

सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा कांग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति झूठो र भ्रमपूर्ण रहेको कांग्रेसले बताएको छ ।

कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री दाहालको सो भनाइ आफ्नो पार्टीलाई दोषारोपण गर्ने गरी आएको भन्दै आपत्तिसमेत जनाए ।

मुलुकको अर्थतन्त्रलाई अघि बढाउन आफूहरुले तयार पारेको मार्ग चित्रले मुलुकलाई अर्थतन्त्रलाई झनै गति दिने खालको रहेको पनि बताए । प्रवक्ता महतले आफ्नो पार्टीले अघि बढाएको मुलुकको अर्थतन्त्रको मार्गचित्र वर्तमान सरकारले छोडे मुलुकको अर्थतन्त्र फेरि अफ्ठयारोमा पर्ने निश्चित रहेको जिकिर पनि गरे ।

‘कांग्रेसको कारणले औसतभन्दा ज्यादा उपलब्धि भएन भनेर दोषारोपण गर्नु यो भन्दा गलत कुरा, झूठो कुरा, भ्रम छर्ने कुरा हुनै सक्दैन । म यो कुरा ठोकुवाका साथ भन्छु । हामो उपस्थितिले अहिलेको परिस्थितिमा गुणात्मक परिवर्तन आएको हो । र हामीले जुन अर्थतन्त्रलाई अघि बढाउने मार्ग चित्र तयार गरेका छौं । र आउने बजेटमा अझ यसलाई परिरिस्कृत बनाएर जाने सुधारको प्रयास छ । र त्यसलाई अझ गति दिने हाम्रो कार्ययोजना थियो । यदि त्यो बाटो छोडेर फेरि यो गैर प्राथमिकताको क्षेत्रमा जथाभावी हाम्रो स्रोत र साधनलाई खर्च गर्ने हो भने फेरि हामी अफ्ठयारोमा पर्ने निश्चित छ,’ उनले भने ।

प्रवक्ता महतले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीसँगको गठबन्धन भत्काएर जनताले निर्वाचनमा दिएको आदेशलाई समेत लत्याएको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर