पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिँदै

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

शनिबार पत्रकार सम्मेलनमार्फत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।

उनले चैत ४ गते आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताए । पर्यटकीय राजधानी घोषणा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने मेयर आचार्यले जानकारी दिए ।

पर्यटकीय नगरी घोषणा कार्यक्रमको अवसरमा बसुन्धरा पार्कदेखि विभिन्न झाँकीसहितको ¥याली निकालिने र बाराहीघाटमा औपचारिक घोषणा सभा हुने बताए । पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहयोग पुग्ने भएकाले पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्ने हेतुले आगामी बजेटलाई केन्द्रित गरेर पनि छलफल गर्न शुरु गरिएको उनको भनाइ छ ।

उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *