काँग्रेसका मन्त्री बर्खास्त गर्दै मधेस प्रदेशमा मन्त्रीपरिषद् गठन

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली काँग्रेसबाट सहभागी मन्त्रीहरुलाई बर्खास्त गर्दै मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् ।

नेपाली काँग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेर एमालेलाई सरकारमा सहभागी गराएर मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् । सोमवार नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मन्त्री नियुक्त गरिएको हो ।

संघमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी सहितको गठबन्धन बनेपछि एमालेका नेता यादव मन्त्री नियुक्त भएका छन् । मधेस सरकारमा नेपाली काँग्रेसबाट ३ जना मन्त्री थिए । त्यस्तै जनमत पार्टीले सरकार छोड्दा खाली भएका २ मन्त्रालय पनि मुख्यमन्त्रीको जिम्मामा छ ।

स्रोतकाअनुसार नेकपा एमालेलाई ४ वटा मन्त्रालय दिनेगरी सरकारमा समेल गरिएको हो । तत्काल एकजना मात्रै सरकारमा सहभागी भएको र पछि पुनः ३ जना सहभागी हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर