चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *