रक्षामन्त्री उप्रेतीले गरे जंडीअड्डाको निरीक्षण

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आज जंगी अड्डाको भ्रमण गर्दै नेपाली सेनाबारे औपचारिक जानकारी लिएका छन् । जंगी अड्डामा आयोजित कार्यक्रममा मन्त्री उप्रेतीलाई सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिहरूबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले नवनियुक्त रक्षामन्त्रीलाई बधाई ज्ञापन गरे । संविधान प्रदत्त जिम्मेवारीका अलावा नेपाल सरकारबाट विधिसम्मत ढंले प्राप्त विकास निर्माण लगायत विविध जिम्मेवारीहरू समयमा नै पुरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको उनको भनाइ थियो ।

नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ गरिरहेका कार्यहरुले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेना दुवैको साख बढाउनुका साथै सैन्य कूटनीति प्रवर्ध्दन एवम् अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत सकारात्मक प्रभाव परेको शर्माले बताए । नेपाली सेनाको समयानुकूल आधुनिकीकरण गर्दै लैजान आवश्यक रहेको उनले धारणा राखे ।

कार्यक्रममा रक्षामन्त्री उप्रेतीले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय एकताको रक्षार्थ नेपाली सेनाले निर्वाह गर्दै आएको अहम् भूमिकाको साथै विकास निर्माण, विपद् व्यवस्थापन, नागरिक सहयोग, खेलकुद एवम् विश्व शान्ति स्थापना मार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान स्थापित गराउन नेपाली सेनाले निर्वाह गरेका विविध गतिविधि एवम् पहलता सम्बन्धी विस्तृत जानकारीका लागि धन्यवाद ज्ञापन गरे ।

मजबुत राष्ट्रिय सुरक्षा प्रणाली, आधुनिक एवम् बलियो सेना, सबल अर्थतन्त्र, चुस्त कूटनीतिले नै अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको सामथ्र्य मापन हुने वस्तुवादी यथार्थताका बारेमा नेपाल सरकार पूर्ण सचेत रहेको बताउँदै उनले राष्ट्रिय सुरक्षाको मेरुदण्डको रूपमा रहेको नेपाली सेनाको समयानुकूल आधुनिकीकरण र सबलीकरणका बारे नेपाल सरकार गम्भीर रहेको बताउँदै नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा सङ्गठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर