सीमामा सशस्त्र प्रहरी र एसएसबीले संयुक्त रुपमा मनाए होली

नेपालको परम्परागत र सांस्कृतिक रुपमा मनाउँदै आएको होली पर्व सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा र भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) बीच चैत्र १२ गते हर्ष र उल्लासमय वातारणमा मनाइएको छ ।

मधेश प्रदेशस्थित नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहको प्रमुख आतिथ्यमा मनाइएको होलीमा भारतीय सशस्त्र सीमा बलका कमाण्डेन्ट गोविन्द भण्डारी, नं. ८ गण धनुषाका गणपति सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरी लगायत सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलका कर्मचारीहरु तथा स्थानीयले एक आपसमा होलीको शुभकामना आदन–प्रदान गरेका थिए ।

सोही अवसरमा नायब महानिरीक्षक शाहले यस्ता किसिमका कार्यक्रमहरुले राष्ट्रसेवक कर्मचारीहरुमा हौसला प्रदान हुनुका साथै दुई सुरक्षा नियकाबीचको सम्बन्धलाई सुमधुर बनाउँदै सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणमा समेत सहयोग पुग्ने बताए ।

सीमामा होली मनाउने परम्पराले सीमा सुरक्षामा सरोकार राख्ने सम्पूर्ण पक्षलाई एउटै स्थानमा ल्याई सामाजिक सद्भाव कायम राख्नमा समेत मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर