प्रतिकूल मौसमले हवाई उडान प्रभावित, एयर चाइना डाइभर्ट

प्रतिकूल मौसमका कारण उडान प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फको उडान प्रभावित भएको छ । छुन्देबाट  आएको एयर चाइनाको जहाज भने अवतरण गर्न नसकेर डाइभर्ट भएको छ । अहिले ट्रकिस एयरलाइन्स, सिचुवान एयरलाइन्स, नेपाल एयरलाइन्स जहाजले ओभर सुट गरिरहेका छन् ।

डमामबाट आएको नेपाल एयरलाइन्स, टर्कीको स्तानबुलबाट आएको टर्किस एयरलाइन्स र छन्डुबाट आएको सिचुवान एयरले ओभर सुट गरिरहेका छन् । आन्तरिकतर्फ पनि उडान पनि केही प्रभावित भएको छ । मौसमको कारण पोखराको उडान हुन सकेको छैन । त्यस बाहेक अन्य ठाउँमा भने उडान भइरहेको विमानस्थल स्रोतले बताएको छ ।

नेपाल एयरलाइन्सको फाप्लु र भोजपुरको उडान रद्ध गरिएको छ । यस्तै पोखरा र नेपालगन्जमा बुद्ध, यती र श्री एयरको उडान समेत डिले भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर