आगामी उपनिर्वाचनमा एमालेले जित्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्। उनले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताए।

काठमाडाैँमा शनिवार आयोजित एक कार्यक्रममा उनले एमालेबिरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने जिकिर गरे। अध्यक्ष ओलीले तत्कालीन अवस्थामा एमालेका हस्ती नेताहरुले पार्टी विभाजन गरेर जाँदा पनि पार्टीले धेरै ठाउँमा हारको सामना गर्नुपरेको स्मरण गराए।

उनले भने, ‘विगतमा विभिन्न कारणले र एउटा महत्वपूर्ण कारण हाम्रा बिरुद्धको अत्यन्तै खतरनाक गठबन्धन हामी एकातिर अरु सबै एकातिर भएको अवस्था त्यसको हामीले सामना गर्नु परेको थियो। र पराजयको पीडा व्यहोर्नुपरेको थियो। यस पल्ट हामी त्यस पीडालाई सुखद् परिणामतर्फ रुपान्तरित गर्न चाहन्छौं। परिवर्तन गर्न चाहन्छौं। यस पटक हामी हार्दैनौं। यस पटक हामी जित्छौं। र यस पल्ट हामीले हार्नै मिल्दैन। गत निर्वाचनमा सबै एकातिर, हामी एकातिरको अवस्थामा थियौं। हाम्रै पार्टीका हस्ती भनिएका अनेक नेताहरु पार्टीबाट अलग भएका थिए, पार्टी फुटाएका थिए। एमाले त शुन्य सिटमा झर्छ समेत भनेका थिए। त्यो शाहस हामीबिरुद्धको गठबन्धनबाट आएको थियो।’ अध्यक्ष ओलीले एमालेले सो उपनिर्वाचनमा हार्नुपर्ने कुनै कारण नरहेको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर