सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार पुग्यो

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार प्रतितोला १ हजार ८ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार बुधबार छापावाल सुनको मूल्य १८ सयले बढेर तोलमा १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि बढेर १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

साथै, बुधबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाली सुनचाँदी व्यवसायीका अनुसार बुधबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेर १६ सय १० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर