हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाउँछौं: उद्योगमन्त्री

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी उद्योग, लगानीमैत्री वातावरण सिर्जना गरिने बताएका छन् ।

सोमबार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको काठमाडौंमा भएको १८ औं वार्षिक साधारणसभामा उद्योगमन्त्री भण्डारीले सरकारले उद्योगमैत्री कानून बनाएर अन्तिम चरणमा पु¥याएको दाबी गरे । सरकारले निजी क्षेत्रलाई बलियो बनाउँदै उद्योग क्षेत्रमा देखिएका सम्भावनालाई पूरा गर्नेगरी काम भइरहेको उनको भनाइ थियो ।

मन्त्री भण्डारीले समयानुकूल उद्योग नीति, वाणिज्य नीतिलाई संशोधन गरी ट्रेडका विषयलाई अगाडि बढाउने बताए । सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने प्रक्रियामा रहेको भन्दै आगामी बजेटमा हर्बल तथा जडीबुटी उद्योगलाई दिइरहेको सहुलियतलाई निरन्तरता दिने उल्लेख गरे ।

उद्योग नीतिमा भएका अस्पष्टताहरुलाई सरकारले चाँडै समाधान गर्ने उनले प्रतिबद्धता जनाए । १० वटा उद्योगसँग सम्बन्धी ऐनहरु संशोधन गरेर उद्योगी व्यवसायीहरु उद्योग मन्त्रालय आएर मागहरु पूरा गरौं भन्ने देउसीभैलीको अन्त्य गरी ढुक्कले लगानी गर्ने वातावरण सिर्जना गरिने उनको भनाइ थियो ।

‘बजारलाई प्रोत्साहन हुनेगरी सरकारले केही नयाँ कार्यक्रमहरु ल्याउँदै छ । स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न चाँडै कार्यविधि मन्त्रीपरिषद्बाट पास गरेर प्रधानमन्त्री नेपाली अभिवेद्धि कार्यक्रम ल्याउँदैछौं । स्टार्ट अफ नीति यो महिनाको अन्त्यमा कार्यान्वयनमा ल्याउँदै छौं । यसरी सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने कुरामा कुनै कसर बाँकी राख्ने छैन,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *