कतारविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

ओमानमा जारी एसिसि प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज कतारविरुद्ध खेल्दै छ । नेपालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ ।

पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो । नेपालले आज टोलीमा एक परिवर्तन समेत गरेको छ । करन केसीको स्थानमा विवेक यादव टोलीमा आएका छन् ।

नेपालको प्लेइङ–११ मा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेक यादव, सोमपाल कामी, अभिनाश बोहोरा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर