वीरगन्जबाट दुई करोड २० लाख बराबरको अवैध कपडा बरामद

पर्सा प्रहरीले विभिन्न स्थानबाट दुई करोड २० लाख रुपैयाँबराबरका विभिन्न किसिमका अवैध लत्ताकपडाहरू बरामद गरेको छ । बरामद कपडा प्रहरीले वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।

प्रहरीका अनुसार यही वैशाख ६ मा वीरगञ्जको तुल्स्यान मार्केट (पमपम बिल्डिङ) मा घरकोठा भाडामा लिई सोही बिल्डिङमा सञ्चालन गरेका २४ वर्षीय आकाश कुमार गुप्ता, ४४ वर्षीय रामएकवाल कुशवाहाको गोदाम तथा हालसम्म नामथर वतन नखुलेका छ वटा अन्य गोदामहरूबाट कपडा बरामद गरिएको हो ।

उनीहरुको साथबाट सर्टिङ सुर्टिङ थान कपडा, सर्ट थान कपडा, पाइन्ट थान कपडा, सुती प्रिन्टेड कपडा, ढाकाको थान कपडा, साडी, कुर्ता सुरवाल, मर्दानी धोती, ब्लाउज थान कपडा, चोलो बनाउने थान कपडाहरू लगायत बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर