मेयर बालेनविरुद्ध सुकुम्बासीको रिटमा सुनुवाइ हुँदै

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध थापाथलीको सुकुम्बासी बस्तीका स्थानीयले उच्च अदालत पाटनमा दायर गरेको रिटमा सुनुवाइ सुरु भएको छ । मेयर बालेनले जुनसुकै समयमा डोजर लगाएर बस्ती भत्काउने भन्दै यस्तो कार्य रोक्न मागसहित सुकुम्बासीले रिट दायर गरेका हुन् ।

उच्च अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलाशमा सुनुवाइ भइरहेको हो । रिट दायर गर्नेमा सुकुम्बासी बस्तीमा बस्दै आएका जानुका पोखरेलसहित ६ जना छन् ।

रिटमा काठमाडौं महानगरपालिका, राष्ट्रिय भूमि आयोग, जिल्ला भूमि आयोग, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, मेयर बालेन्द्र शाह, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय मानवअधिकार आयोगसहित १३ निकायलाई विपक्षी बनाइएको छ ।

गत १२ मंसिरमा काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर लगाउने प्रयास गरेको थियो । यही ११ चैतमा पनि ७ दिने सूचना जारी गर्दै महानगरले सुकुम्बासीलाई हट्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर