नक्कली सर्टिफिकेट पेस गरेर सबइन्जिनियरको जागिर खाने रामबाबु यादवविरुद्ध भ्रष्टाचार मुद्दा

तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन नं. २ ओखलढुंगामा कार्यरत सबइन्जिनियर रामबाबु यादवले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेर सबइजिनियरको जागिर खाएको खुलेको छ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर जागिर खाएको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेको अभियोगमा मुद्दा दायर गरेको छ। यादवविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो।

उनले सुनसरी टेक्निकल कलेज, धरानबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेको प्रमाणपत्रहरू, लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्स तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. २, ओखलढुंगामा पेस गरी २०७६ भदौदेखि २०७७ असार मसान्तसम्म जागिर खाएका थिए । अख्तियारमा उनको प्रमाणपत्र नक्कली भएको विषयमा उजुरी परेको थियो।

अनुसन्धान गर्दा उनले नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाई लाभ र सुविधा लिएको देखिएको अख्तिायारका प्रवक्ता श्यामप्रासद भण्डारीले जानकारी दिए । उनलाई कैद सजाय र जरिवानाको मागदाबीसहित अख्तियारले आरोपपत्र दायर गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर