सभामुख रिमोटबाट चलेका छन् : खिमलाल भट्टराई

राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले राष्ट्रपतिलाई संस्थाको रूपमा नमानेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रपति व्यक्तिको रूपमा नभई देशको सर्वोच्च संस्था, गणतन्त्रको प्रतीक र राजनीतिक प्रतिद्वन्द्वभन्दा माथिको संस्था भए पनि सरकार, सभामुख र गठबन्धनका नेताहरूले त्यसअनुरूप व्यवहार नगरेको बताएका हुन् ।

उनले सभामुख अग्निप्रसाद सापकोटाले संस्थागत भूमिका निर्वाह गर्न नसकेको बताए । सभामुख सापकोटा रिमोटबाट चलेको आरोप उनले आरोप लगाए ।

सभामुखले गठबन्धनको निर्णय हुबहु कार्यान्वयन गराएको र संसद्को गरिमा र महत्त्व घटाएको उनको भनाइ छ । सभामुखको दायित्व सबैसँग समन्वय गर्नुपर्ने भए पनि सो दायित्व पूरा हुन नसकेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *