
राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति निर्विरोध, आजै लिए शपथ

राष्ट्रिय सभाअन्तर्गत चार वटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बिहीबार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित समिति सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि चार जनाको उम्मेदवारी परेपछि बिहीबार नै बसेको सम्बन्धित समितिको बैठकले उनीहरूलाई निर्विरोध सभापति चयन गरेको थियो । जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. वेदुराम भुषाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा पार्वतीले शपथ लिएका छन् ।
शपथ ग्रहण कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला पनि सहभागी थिए ।
- स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार : तत्कालीन निर्देशक मिश्रसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- सगरमाथा संवादमा मोदीजी नेपाल आउनुहुन्न, मेरो समय मिले त्यसअघि नै भारत भ्रमण हुनसक्छ : प्रधानमन्त्री
- प्रतिभाको बढी भन्दा बढी सदुपयोग गर्न जरुरीः प्रधानमन्त्री ओली
- ‘ए’ डिभिजन लिग : दुई बढुवामध्ये एक च्याम्पियन, एक रेलिगेट
प्रतिक्रिया