
२ लाख ८६ हजार नगदसहित काठमाडौंबाट ८ जुवाडे पक्राउ


फाइल तस्बिर।
प्रहरीले २ लाख ८६ हजार ६ सय ८० रुपैयाँ नगदसहित काठमाडौंबाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ।
बुधबार राति ११:४५ बजे तारकेश्वर नगरपालिकाको पैयौटारस्थित भीमबाबु केसीको घरको कोठामा जुवा खेलिरहेको अवस्थामा १६ थान कौडा र सो नगदसहित उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी वृत्त बालाजुले जनाएको छ।
प्रतिक्रिया