खोटाङमा खुकुरी प्रहार गरेर काकाको हत्या गरेको अभियोगमा भतिजा पक्राउ

खोटाङमा काकाको हत्या अभियोगमा भतिजा पक्राउ परेका छन्। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ हाबुभञ्ज्याङका ४२ वर्षीय पत्थरमान राई आफ्नै काका ५९ वर्षीय मानबहादुर राईको हत्या अभियोगमा पक्राउ परेका हुन्।

मादक पदार्थ सेवन गरेका पत्थरमानले आपसी विवादमा खुकुरी प्रहार गरेर काका मानबहादुरको हत्या गरेको अभियोग छ। प्रहरीका अनुसार पत्थरमानको खुकुरी प्रहारबाट मानबहादुरको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट खटिएको प्रहरीले पत्थरमानलाई शनिबार दिउँसो पक्राउ गरेको हो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर