दुर्गममा मतपत्र पुर्‍याउँदै सेना

नेपाली सेनाले हेलिकप्टरमार्फत दुर्गमका जिल्लामा मतपत्र ढुवानीको काम गरिरहेको छ । जुम्लाका लागि सेनाले हेलिकप्टरमार्फत मतपत्र पुर्‍याइरहेको छ । निर्वाचन आयोगले सुर्खेतसम्म सडकमार्गबाट पुर्‍याएको मतपत्र सेनाले हेलिकप्टरमार्फत जुम्ला ओसारिरहेको हो ।

नन्दबक्स गणका गणपति रविन थापाका अनुसार बुधबार २ पटक सेनाको हेलिकोप्टरले मतपत्र ल्याएको छ । कर्णाली राजमार्गबाट ठूला गाडी आउन नसकेकाले मतपत्र हेलिकोप्टरमार्फत ल्याउन थालिएको हो ।

जुम्लाका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार सुर्खेतबाट हेलिकोप्टरमा समानुपातिकतर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको छ । उनले प्रतिनिधि सभा समानुपातिकतर्फ ७७ हजार र प्रदेश सभा समानुपातिकतर्फ ७४ हजार मतपत्र जुम्ला ल्याइएको जानकारी दिए । अब समानुपातिकको चार हजार मतपत्र आउन बाँकी छ । उनका अनुसार बाँकी मतपत्र बिहीबार ल्याइने छ ।

जुम्लामा प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि ७६ हजार, प्रदेश सभा ‘क’ का लागि ४१ हजार र प्रदेश सभा ‘ख’ का लागि ३६ हजार मतपत्र माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर