देशलाई विकासको मार्गमा अघि बढाउन एमालेको सरकार आवश्यक : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक भएको बताएका छन् ।

शुक्रबार रूपन्देही क्षेत्र नम्बर २ मा आसन्न निर्वाचन प्रयोजनार्थ चुनावी प्रचारका लागि घरदैलो कार्यक्रमको सुरुवात गर्दै उनले विकासको मार्गमा देशलाई अघि बढाउन, राष्ट्रका मागहरू सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधीनता रक्षा गर्न नेकपा एमालेको सरकार बन्न आवश्यक रहेको बताएका हुन् ।

उनले संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्नका लागि आसन्न निर्वाचनमा नेकपा एमालेलाई जिताउन अनिवार्य रहेको बताए । उनले नेकपा एमालेले निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहितालाई ध्यान दिई निश्चित संख्यामा घरदैलो अभियानमा सहभागी बनेको बताए ।

उनले नेकपा एमालेको सरकार हुँदा विकास निर्माणका कामले गति लिएको र आगामी सरकार नेकपा एमालेको बनेपछि पनि गरेका प्रतिबद्धता पूरा गर्ने बताए । उपाध्यक्ष पौडेलले आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरूलाई भारी मतले विजय गराउन पनि मतदातासमक्ष आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *