निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगरौं : प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगर्न आग्रह गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आइतबार काठमाडौंमा आयोजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँगको सामूहिक छलफलमा यस्तो भनाइ राखेका हुन् । उनले आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको दोहोर्‍याउँदै आगामी निर्वाचनमा त्यस्तो कहीँकतै हुन नदिने दृढतासमेत व्यक्त गरे । सेक्युरिटी कोडको आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए पनि फेरिएको मतपेटिकामा सो आयोगको मतपत्र हुनै नसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले स्पष्ट पारे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आफूले निर्वाचनमा मतपेटिका साटिन्छ भन्ने अनुभव कहिल्यै नगरेको बताए । उनले निर्वाचन आचारसंहिताको पालना गराउन आयोग कडाइका साथ लागि परेको पनि बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने आयोगको अभिभाराप्रति आशंका नगरिदिन पनि अनुरोध गरे । त्यसका लागि सम्बन्धित पक्षले खबरदारी गरिदिनुपर्ने उनको भनाइ थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले अग्रजहरूको अनुभवलाई आत्मसात गरेर अघि बढ्ने बताए ।

निर्वाचन आयोगले निर्वाचनमा करिब १० हजार पर्यवेक्षकहरू परिचालन गर्ने योजना रहेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक मतदान केन्द्रमा कम्तीमा एक जना पर्यवेक्षक परिचालन गर्ने योजना रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर