बागी उम्मेदवारी निष्क्रिय पार्न अधिकतम प्रयास गर्ने सत्ता गठबन्धनको निर्णय

सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उठेका बागी उम्मेदवारहरूको उम्मेदवारी निष्क्रिय पार्न अधिकतम प्रयास गर्ने भएको छ ।

शनिबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको केन्द्रीय निर्वाचन परिचालन समितिको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुका कुनै पनि उम्मेदवार पराजित हुन नदिनका लागि बागी उम्मेदवारहरुको उम्मेदवारी निष्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय लिइएको सो निर्वाचन परिचालन समितिका सदस्य डा. सुरेश आचार्यले बताए । बैठकले बागी उम्मेदवारहरुको उम्मेदवारी निष्क्रिय पार्ने काममा ध्यान दिन गठबन्धन दलका शीर्ष नेताहरुलाई पुनः ध्यानाकर्षणसमेत गराएको छ ।

बैठकमा एमाले नेतृत्वको गठबन्धनले चुनावी आचारसंहिता उलंघन गरिरहेको आरोप लगाउँदै निर्वाचन आयोगलाई त्यसबारे सचेत गराउने निर्णय पनि गरेको नेकपा (एकीकृत समाजवादी)का नेता लक्ष्मण केसीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *