यातायात प्राधिकरणको स्थापनापछि काठमाडौंमा सवारी दुर्घटना कम हुन्छ : बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण हुँदै जाने विश्वास व्यक्त गरेका छन्।

संघीय संसद्बाट काठमाडौं उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरणका लागि सोसम्बन्धी विधेयक पारित भएको उल्लेख गर्दै उनले त्यसबाट सडक दुर्घटना न्यूनीकरण हुँदै जाने बताएका हुन्। शेयर सबै सार्वजनिक सवारी साधनहरूको बराबर हुनेगरी सो विधेयक पास भएकाले सवारी साधनहरूबीच अस्वस्थ प्रतिस्पर्धा भई दुर्घटनामा कमी आउने उनको भनाइ छ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सार्वजनिक यातायातमा हुने जामका कारण मोटरसाइकललगायतका दुईपाङ्ग्रे सवारी साधनको चाप बढेको उल्लेख गर्दै मेयर शाहले त्यसको व्यवस्थापनका लागि पनि सम्बन्धित पक्षहरूबीच बिस्तारै सहकार्य गर्दै लैजानुपर्नेमा जोड दिए।

मेयर शाहले काठमाडौं उपत्यकाभित्र हुने सवारी दुर्घटनामा परी घाइते भएकाहरूको तत्काल उपचार हुनेगरी आवश्यक व्यवस्था मिलाउन पनि प्रयास भइरहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर