सत्ता गठबन्धन फराकिलो बहुमतले विजयी हुन्छ : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गरेका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। प्रवक्ता महतले निर्वाचनपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारूढ गठबन्धनकै सरकार बन्ने पनि बताए।

उनले भने, ‘सत्तारूढ गठबन्धन फराकिलो बहुमतले वजयी हुनेछ। र, यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ। हाम्रो प्रचार अभियान देशभर जारी छ।’

मुलुकलाई स्थिरतासहित समृद्धिको दिशामा अघि बढाउन सत्तारूढ गठबन्धनको विकल्प नभएको उनको भनाइ थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर