बहमुत दिएर जिताए घोषणापत्रका सबै प्रतिवद्धता पूरा गर्छु : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु कार्यान्वयन गरेर छोड्ने बताएका छन्।

सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा चुनावी घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन्।

वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौं ५ का जनताले आफूलाई अत्यधिक बहुमत दिएर जिताए एमालले चुनावी घोषणापत्रमा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन गर्ने बताए। उनले काठमाडौं क्षेत्र नम्बर ५ का मतदाताले नेकपा एमालेका उम्मेदवाहरूलाई सकारात्मक प्रतिक्रिया दिइरहेको पनि बताए। उनले वि.सं.२०७४ सालको निर्वाचनमा उम्मेदवार हुँदा गरेका प्रतिवद्धताहरु सबै पूरा गरेको दाबी गरे।

काठमाडौं क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्यका उम्मेदवार पोखरेलले चुनावी घरदैलो कार्यक्रम निरन्तर गरिरहेका छन्। पोखरेलको घरदैलो कार्यक्रममा नायिका करिश्मा मानन्धरसमेत सहभागी थिइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर