मलाई स्वतन्त्र उम्मेदवारहरूको चुनौती छैन : पम्फा भुसाल

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती नभएको बताएकी छन्।

प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नं. ३ बाट गठबन्धनको साझा उम्मेदवार रहेकी मन्त्री भुसालले बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै आफूलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती नभएको बताएकी हुन्।

उनले आफू जनताको आँखामा परीक्षण भइसकेको भन्दै विगतको दुई कार्यकालमा गरेका कामहरु हेरेर जनताले मत दिने बताइन्। जनताले कुनै पनि काम नगरेकाहरुलाई मत नदिने उनले बताइन्। मन्त्री भुसालले राजनीति परिवर्तनको आन्दोलनमा पसिना नबगाएकाहरुलाई जनताले मत नदिने उल्लेख गरिन्।

उनले देशमा दलीय राजनीति बलियो भएको बताइन्। सबै राजनीतिक दलहरुको पार्टी संरचना स्थानीय तहसम्म पुगेको भन्दै उनले जनताले पार्टी हेरेर भोट दिने बताइन्। मन्त्री भुसालले जनताले चुनाव जित्ने र सरकार बनाउने पार्टी हेरेर मत दिने बताइन्।

उनले युवाहरु राजनीतिमा आउँदा विचार, चिन्तन र समग्र राष्ट्र हाँक्ने योजनासहित आउनुपर्ने बताइन्। अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको जोशले मात्रै राजनीतिले गति लिने उनको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *