काठमाडौंमा सवारी चाप व्यवस्थापन गर्न खटाइयो नगरप्रहरी

काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगरप्रहरी खटाउन थालेको छ ।

महानगरपालिकाले काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई उचित व्यवस्थापन गर्न भन्दै ट्राफिक जाम बढी हुने समयका लागि नगरप्रहरी खटाउन थालेको हो ।

नगरप्रहरी बलका प्रमुख नगरप्रहरी उपरीक्षक राजु पाण्डेका अनुसार सवारी साधनको चाप धेरै भएको समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरूमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको हाे ।

महानगरपालिकाले कार्तिक ३० गते बुधबारबाट उपत्यकाको सवारी चाप व्यवस्थापनका लागि नगरप्रहरी खटाउन थालेको हो। कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी, कलंकीलगायत स्थानमा नगरप्रहरीको जनशक्ति परिचालन गरेको महानगरले जनाएको छ ।

त्यस्तै पछिल्लो समय आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि खटिएका म्यादी प्रहरी पनि काठमाडौं उपत्यकाको सवारी चापको समाधानका लागि प्रमुख चोकामा खटेका छन् ।

आसन्न निर्वाचनलाई केन्द्रित गरी सरकारले पछिल्लो समय सुरक्षा व्यवस्था पनि कडा बनाएको छ ।

अहिले काठमाडौं उपत्यकाका प्रमुख चोकमा सुरक्षाकर्मीहरूको गस्ती देख्न सकिन्छ । आसन्न निर्वाचन मंसिर ४ गते एकै चरणमा सम्पन्न हुँदैछ ।

हेर्नुस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर