क्षयरोगको उपचारका लागि अस्पताल पुर्‍याइएका कैदी फरार भएपछि …

मोरङमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेकै अवस्थामा फरार भएका एक जना प्रतिवादी पक्राउ परेका छन्।

क्षयरोग लागेपछि उपचारका लागि अस्पताल पर्‍याइएका कैदी अस्पतालबाट फरार भएकोमा प्रहरीले उनलाई पुनः पक्राउ गरेको हो।

यसरी अस्पतलाबाट फरार भई पक्राउ परेका कैदी झापाको झापा गाउँपालिका–५ का २८ वर्षीय राजकुमार हेमरम हुन्। उनलाई प्रहरी चौकी शरणमति, झापाबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसिरहेको अवस्थामा उनको घरबाटै बिहीबार पक्राउ गरेको हो।

उनी जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका थिए। क्षयरोग लागेपछि उनलाई मोरङको विराटनगर महानगरपालिका–७ मा रहेको क्षयरोग अस्पताल लगिएको थियो। उपचार गराइरहेकै अवस्थामा उनी असोज १५ गते अस्पतालबाट फरार भएका थिए।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङ लैजाने विषयमा समन्वय भइरहेको झापा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर