सम्पत्ति शुद्धीकरण सुपरीवेक्षणको थप प्रभावकारिताका लागि छुट्टै महाशाखा : राष्ट्र बैंक प्रवक्ता

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण प्रभावकारी बनाउनको लागि छुट्टै सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गर्ने भएको छ । बैंकले माघ १ गतेदेखि लागू हुनेगरी सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी निरीक्षण तथा सुपरीवेक्षणको प्रभावकारीता बढाउन छुट्टै विशिष्टिकृत सुपरीवेक्षण युनिट स्थापना गर्न लागेको हो ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी निरीक्षण तथा सुपरीवेक्षण विभिन्न वित्तीय इकाइहरूमार्फत गर्दै आएको थियो । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने नेपालको अन्तर्राष्ट्रिय प्रतिवद्धतालाई पूरा गर्नका लागि राष्ट्र बैंकले छुट्टै युनिट स्थापना गरेर अझ प्रभावकारी रुपमा सुपरीवेक्षण गर्ने उद्देश्यले सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गर्न लागिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

उनले राष्ट्र बैंकबाट सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सुपरीवेक्षण विभिन्न इकाइ तथा सुपरीवेक्षण शाखामार्फत भए पनि अब थप प्रभावकारी बनाउनको लागि छुट्टै युनिट बनाएको बताए । उनले सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाले प्रभावकारी रुपमा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीका सम्बन्धमा सुपरीवेक्षण गर्ने बताए ।

प्रवक्ता भट्टले नेपाल राष्ट्र बैंक सम्पत्ति शुद्धीकरणका कारण मुलुकको प्रतिष्ठा र व्यवसायिक वा बैंकिङ गतिविधि अफ्ठ्यारो नपरोस् भन्ने विषयमा सचेत र सजग रहेको बताए । उनले राष्ट्र बैंकले अहिले पनि सम्पत्ति शुद्धीकरणका विषयमा सुपरीवेक्षण गरिरहेको बताए । उनले विभिन्न विभागहरुमा छरिएर रहेको सम्पत्ति शुद्धीकरण सुपरीवेक्षण निवारण गर्ने कार्यलाई सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाबाट विशिष्टिकृत रुपमा काम गर्नको लागि गठन गरिएको बताए ।

प्रवक्ता भट्टले आगामी दिनमा सम्पत्ति शुद्धीकरणसम्बन्धी सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाउनको लागि सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले राष्ट्र बैैंकले अन्तर्राष्ट्रिय रुपमा भएका सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रतिवद्धताहरुलाई पूरा गर्ने कार्यमा कमी हुन नदिने गरी काम भइरहेको बताए ।

उनले राष्ट्र बैंकले केही दिन अगाडि सम्पत्ति शुद्धीकरणसम्बन्धी मार्गनिर्देशन समेत जारी गरेको बताए । उनले राष्ट्र बैंकले संस्थागत संरचना पनि एउटा थप प्रभावकारी र बलियो बनाउने उद्देश्यका साथ विशिष्टिकृत सम्पत्ति शुद्धीकरण सुपरीवेक्षण निवारण युनिट स्थापना गरिएको बताए । उनले महाशाखा स्थापनाले अन्तर्राष्ट्रिय निकायहरुसँग सम्पर्क र समन्वय गर्नका लागि सहज र सम्पत्ति शुद्धीकरण सुपरीवेक्षण निवारणसम्बन्धी सुपरिभिजनको प्रभावकारितामा अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *