इलाका प्रहरी कार्यालय आठराईको नवनिर्मित भवन उद्घाटन

इलाका प्रहरी कार्यालय आठराई, तेह्रथुमको नवनिर्मित कार्यालय भवन मंगलबार उद्घाटन गरिएको छ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले एक कार्यक्रमबीच भवनको उद्घाटन गरेका हुन्।

प्रहरी नायब महानिरीक्षक गिरीले भौतिक सुविधासम्पन्न भवनहरूले प्रहरी कर्मचारीहरूमा थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत हौसला प्रदान हुने बताए।

साथै नवनिर्मित भवनको प्राप्तिसँगै नागरिकहरूको जिउधनको सुरक्षामा प्रहरी कर्मचारीहरू अझ बढी दत्तचित भएर काम गर्नुपर्ने उल्लेख गरे।

नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट विनियोजित २ करोड ६९ लाख ५ सय ४५ रुपैयाँको लागतमा निर्माण सम्पन भएको हो।

भवन उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरू, प्रहरी कर्मचारीरहरू, सञ्चारकर्मीलगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *