टेलिग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने किशोर पक्राउ

टेलिग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिएको आरोपामा प्रहरीले काठमाडौं बूढानीलकण्ठ नगरपालिका–९ उमंटोल बस्ने धादिङ थाक्रे गाउँपालिका–७ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरले सामाजिक सञ्जालको माध्यमद्वारा प्रेमी–प्रेमिकाको बहानामा अनलाइन अश्लील क्रियाकलाप गर्ने र उक्त क्रियाकलापको श्रव्यदृश्य तथा तस्बिरहरू गोप्य रूपमा अभिलेखीकरण गरी सामाजिक सञ्जाल टेलिग्राममा निर्माण गरिएका विभिन्न च्याट ग्रुपहरूमा आर्थिक लाभका प्रकाशन–प्रसारण गरी महिला तथा नाबालिकाहरूको चरित्रहत्या गर्ने, दुःख हैरानी दिने कार्य गरेको प्रहरीले जनाएको छ ।

उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *