बेल्हीमा सशस्त्र प्रहरी बीओपीको भवन उद्घाटन

सप्तरीको बलानबिहुल गाउँपालिका–४ स्थित बेल्हीमा सशस्त्र प्रहरी नेपालको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

सीमावर्ती इलाकामा हुनसक्ने अपराध, सीमा अतिक्रमण, स्तम्भको सुरक्षा, अनुगमन र सीमा क्षेत्रमा बसोबास गर्ने जनताको शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गर्ने नीतिअनुरुप बिओपी स्थापना गरिएको हो ।

भवन उद्घाटन समहारोमा प्रमुख अतिथि मधेस प्रदेश छिन्नमस्ता बाहिनी बर्दिबासका प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडामगरले शिलालेख अनावरण गरी नवनिर्मित भवनको उद्घाटन गरेका हुन्। समाजसँग सहकार्य गरेर काम गर्न निर्देशन दिँदै समाजलाई कानूनी प्रक्रियाबारेमा जानकारी गराई काम गर्दा विवाद कम हुने उनको भनाइ छ ।

कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, सेनानी दुर्गा थापा, अनुसन्धान अधिकृत निशा झा, जिल्ला जनस्वास्थ्य प्रमुख दुनियालाल यादव, सप्तरी प्रहरी उपरीक्षक अविनारायण काफ्ले, नेपाल पत्रकार महासङ्घ शाखा सप्तरी अध्यक्ष श्रवण देव, बलानबिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, पूर्वअध्यक्ष दयानन्द गोइतलगायतको सहभागिता थियो ।

वि.सं. २०७७ चैत २३ मा स्थानीय सरकारले जग्गा उपल्बध गराएपछि आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकारबाट विनियोजित ९२ लाख ६८ हजार नौ सय २२ रुपैयाँ लागतमा कार्यालय निर्माण गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *